काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले बिहीबार सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल स्यालमानको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरेको हो । भेटका क्रममा सभामुख सापकोटाले नेपाल र फ्रान्सबिच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबिचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउनुभयो । उहाँले उच्चस्तरीय भ्रमणले यो सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नु भयो । सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रूपमा परिरहेको बताउनुभयो । यसको मिलेर सामना गर्नु पर्नेमा सापकोटाले जोड दिनु भयो । भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्षले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्नु भयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनु पर्ने बताउनुभयो । नेपालले वातावरणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
प्रतिनिधि सभाका सभामुख र फ्रान्सेली संसदीय प्रतिनिधि मण्डल बिच भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले बिहीबार सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
