काठमाडाैं । महाअभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज बयान लिँदैछ ।
सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्यान्ह १२ बजे बस्ने समितिकाे बैठकमा जबरासँग बयान लिन लागिएकाे हाे ।
समितिले जबरालाई साेध्न ४३ प्रश्न तयार पारेकाे छ । समितिले यसअघि भदाै १५,१६ र १९ गते तीन पटक बसेकाे बैठकमा जबरासँग ११ वटा प्रश्नकाे जवाफ मागेकाे थियाे । अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी छ ।
प्रश्नकाे हिसाबले जबराकाे बयान लम्बिने देखिएकाे छ । प्रतिनिधि सभाले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन समितिलाई ३ महिनाकाे समय दिएकाे छ । तर असाेज २ देखि प्रतिनिधि सभाकाे कार्यकाल सकिने चर्चाले समितिले पूरै समय काम गर्न नपाउने देखिएकाे छ ।
