काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग आज पनि बयान लिएकाे छ ।
सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यालयमा समितिले जबरासँग बयान लिएकाे हाे । चाैथाे दिनकाे बयान लिने क्रममा समितिले जबरासँग २४ वटा प्रश्नकाे जवाफ लिएकाे छ ।
ती प्रश्नकाे जवाफ जबरासँगबाट आएसँगै समितिकाे बैठक भदाै २८ गतेसम्मका लागि स्थगित भएकाे छ । समितिले तयार पारेका ४३ प्रश्नमध्ये समितिले ३५ वटा प्रश्न साेधिसकेकाे छ । बाँकी प्रश्नकाे जवाफ आगामी बैठकमा लिइने समितिले जनाएकाे छ ।
जबरासँगकाे बयान सकेपछि प्रतिवेदन तयार पारेर समितिले प्रतिनिधि सभालाई बुझाउनेछ । गत १ फागुनमा जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
