काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्शुबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच संघीय संसद् भवन नयाँ बानेश्वरको तिलिचो हलमा साेमबार शिष्टाचार भेटवार्ता भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
४ दिने नेपाल भ्रमणका क्रमममा साेमबार दिउँसाे काठमाडाैं आइपुग्नुभएकाे हाे ।
