काठमाडाैं । नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकांग्रेसकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा साेमबार आयोजित विशेष समारोहबीच नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकांग्रेसकाबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।
समझदारी पत्रमा नेपालका तर्फबाट प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्शुले हस्ताक्षर गर्नुभयाे ।
