काठमाडाैं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ ।
सिंहदरबारमा बस्ने बैठकमा समितिले जबरासँग पाँचाै दिन बयान लिन लागेकाे हाे । चाेलेन्द्रसँगकाे बयान आजै सक्ने महाभियोग सिफारिस समितिकाे तयारी छ ।
समितिले ४३ वटा प्रश्न तयार पारेकाेमा अहिलेसम्म जबरासँग अहिलेसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ । आज बयान सकेर चाँडै नै प्रतिवेदन बुझाइने समितिले जनाएकाे छ । बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूले संविधान र कानुन बाहिर गएर कुनैपनि काम नगरेकाे बताउनुभएकाे छ ।
सत्ता गठबन्धनले स्वार्थ राखेर आफू विरुद्ध महाअभियाेग लगाएकाे र साे महाअभियाेग गैरकानुनी भएकाे उहाँकाे जिकिर छ । सत्ता गठबन्धनबाट राजीनामा दिए महाअभियाेग फिर्ता लिन्छाैं भन्ने जस्ता सन्देश आएका खुलासा पनि जबराले बयानका क्रममा गर्नुभएकाे छ ।
गत फागुन १ गते सत्ता गठबन्धनका ९८ सांसद्ले जबराविरुद्ध महाभियोग दर्ता गरेका थिए । त्यसपछि उहाँ निलम्बनमा हुनुहुन्छ ।
जबरा विरुद्ध छानबिन गर्नका लागि गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय महाभियोग सिफारिस समिति समिति गठन गर्नुभएकाे थियाे । समितिमा सत्ता र प्रतिपक्षी गरेर ११ सांसद् छन् । समितिले भने गठन भएकाे ६ महिनापछि मात्रै काम थालेकाे थियाे ।
सुरुमा प्रश्नाेत्तर गरेकाे समितिले बयान लम्बिने भएपछि जबरासँग जवाफ मात्र साेधिरहेकाे छ । प्रतिनिधि सभाकाे आयु असाेज १ मा सकिने भएसँगै समितिकाे कार्यकल पनि असाेज १ सम्म मात्रै रहनेछ । ३ दिन मात्र समय रहेकाले समितिले के महाअभियाेग के गर्छ भन्ने धेरैकाे चासाे छ ।
