काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ ।
समितिले मंगलबार जबरासँगकाे बयान सकेकाे हाे । सिंहदरबारमा बसेकाे समितिकाे बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरालाई आज ८ प्रश्न साेधिएकाे थियाे । समितिले पाँच पटक गरेर जबरासँग ४३ वटा प्रश्नकाे जवाफ लिएकाे हाे ।
जबरासँगको एकसरो बयान सकिएकाे र अब उहाँले नाम लिएका व्यक्ति तथा बयानका क्रममा उठाएका विषयमाथि प्रतिप्रश्न गरेर बयान लिइने समितिले जनाएकाे छ । जबराले नाम लिएका व्यक्तिसँग सोधपुछ गरेपछि मात्रै सिफारिस समितिले छलफल टुंग्याउने र प्रतिवेदन तयार पार्ने बताइएकाे छ ।
समितिकाे बैठक भाेलि बिहान पुन: बस्ने र साे बैठकमा जबरासँग प्रतिप्रश्न सोधिने बताएकाे छ ।
