काठमाडौं । महाभियोग सिफारिश समितिको बैठक बस्दै छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय लिन समितिकाे बैठक बस्न लागेकाे हाे । यसअघि मंगलबार बसेकाे बैठकमा जबरासँग बयान लिने क्रम सकिएकाे थियाे ।
समितिकाे आजकाे बैठकले जबरालाई पूरक प्रश्न साेध्ने विषय र बयानका क्रममा जबराले नाम लिएका व्यक्तिहरुसँग पनि बयान लिने विषयमा निर्णय गर्ने बताइएकाे छ । समितिकाे बैठक बिहान ९ बजे बाेलाइएकाे छ ।
समितिले जबरासँग कुल ४३ वटा प्रश्न साेधेकाे थियाे ।
