काठमाडाैं । नेकपा एमालेका सांसद् देवेन्द्र दाहाल मिटरब्याजी पीडितहरुमाथिकाे दमन राेक्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् दाहालले मिटरब्याजी पीडितमाथिकाे दमन तत्काल राेक्न सरकारसँग माग गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'आज मिटरब्याजीहरुले आम जनतालाई व्यापक रुपमा ठगी गरिरहेकाे कुरा आएकाे छ, तर न्याय माग्न गएकाहरुलाई पीडितलाई सरकारले उल्टै लाठीचार्ज गर्ने र तिनीहरुकाे आवाज सुन्नुकाे साटाे सरकारले तिनीहरुलाई नै दमन गर्ने काम गरिरहेकाे छ, यस्ताे काम अविलम्ब राेकियाेस्,म सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु ।'
सांसद् दाहालले देशभर सिटामाेलकाे अभाव भइरहेकाे भन्दै तत्काल सिटामाेल उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
