काठमाडाैं । राष्ट्रिय सभा सदस्य गाेपाल भट्टराईले डेंगु राेग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् भट्टराईले देश डेंगुले आक्रान्त हुँदा पनि सरकारले ध्यान दिन नसकेकाे बताउनुभयाे । उहाँले डेंगु नियन्त्रणका लागि तत्काल याेजना बनाएर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गर्नुभयाे ।
सांसद् भट्टराईले भन्नुभयाे - 'देश डेंगु राेगले आक्रान्त छ, ११ हजार बढीलाई डेंगु लागिसकेकाे छ,तर उपचारकाे व्यवस्थापन राम्राे छैन,नियन्त्रणकाे निम्ति कुनै याेजना देखिँदैन,केही विज्ञापन बाहेक अरु याेजना केही छैन,यसकाे नियन्त्रणका लागि तत्काल याेजना बनाओस् र यसकाे नियन्त्रणका निम्ति प्रभावकारी कदम चालाेस् ।'
सांसद् भट्टराईले देशभर सिटामाेल अभाव भएकाे भन्दै तत्काल सिटामाेल उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
सांसद् मायाप्रसाद शर्माले पनि डेंगु नियन्त्रणका लागि पहल गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । देशमा काेभिडसँगै डेंगु राेग भयावह रुपमा फैलिएकाे र औषधिकाे अभाव भएकाे भन्ने सुनिएकाे भन्दै उहाँले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे ।
बाढी पहिराे पीडितलाई राहत उपलब्ध गराउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयाे ।
