काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् खगराज अधिकारीले गुठीसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् अधिकारीले विगतमा एमालेकाे विराेध गर्ने दलहरु अहिले सत्तामा भएपनि गुठी समस्या समाधानमा ध्यान दिन नसकेकाे भन्दै आपत्ति जनाउनुभयाे ।
केपी ओली नेतृत्वकाे सरकारले गुठीसम्बन्धी विधेयक ल्याएर गम्भीर बहस र छलफल गरेकाे उहाँले स्मरण गराउनुभयाे । सांसद् अधिकारीले एमाले सरकारले गुठी समस्या समाधान गर्न खाेज्दा आन्दाेलन गरेर भड्काउन खाेज्नेहरु आज सत्तामा पुग्दा चुप बसेकाे भन्दै जवाफ दिन माग गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'गुठीसम्बन्धी धेरै समस्या छन्, श्री ५ काे बायु गुठी धादिङमा छ,प लाञ्चाेक,म्याग्दी लगायत देशका विभिन्न भागमा अहिले पनि गुठी समस्या छन्,ती समस्या समाधानमा सरकारले ध्यान दिएकाे छैन,उदासिन छ,हिजाे गुठी समस्या समाधान गर्न ल्याएकाे विधेयक भड्काउन माइतीघर मण्डलामा जुलुसमा सामेल हुनेहरु अहिले सत्तामा हुनुहुन्छ के गर्दै हुनुहुन्छ ? हामी सरकारबाट जवाफ चाहान्छाैं ।'
गुठी समस्या समाधानका लागि सरकारले के गर्दै भन्ने प्रश्न समेत सांसद् अधिकारीले गर्नुभयाे । उहाँले भन्नुभयाे - 'गुठी समस्या समाधानका लागि सरकारले के गर्दैछ ? गुठी समस्या समाधन गर्न सरकारले जवाफ दिन्छ कि दिँदैन ? सरकार गुठियारप्रति जवाफदेही छ कि छैन ? यसकाे जवाफ चाहियाे ?'
अघिल्लाे सरकारले १ सय ६५ वटा निर्वाचन क्षेत्रमै रणनीतिक महत्वका सडकहरु अगाडि बढाएकाे थियाे,आज ती सुषुप्त अवस्थामा छन् या राेकिएकाे छ ? साँधीसाँधीकन प्रतिपक्षका प्रतिनिधि सभा सदस्यले सिफारिस गरेका ठाउँमा बजेट निकासा नदिने र पूरा हुन नदिने काम गरिएकाे छ, अनेकाैं विकास आयाेजनामा समेत यस्ता खालका गम्भीर षड्यन्त्र भएका छन् र विकास निर्माण ठप्प पारिएकाे छ, सरकारले यसकाे जवाफ दिनुपर्छ ।'
प्रतिशाेषकाे भावना सरकारले साँधेकै भए जनताले उचित जवाफ दिने चेतावनी पनि सांसद् अधिकारीले दिनुभयाे । सरकार विकास विराेधी करार बन्न नहुने उहाँकाे ठहर छ ।
