काठमाडौं । राष्ट्रिय सभाले बीमासहित दुई वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'बीमा विधेयक, २०७५' र 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६' लाई दफावार छलफलका लागि साे समितिमा पठाएकाे हाे ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले दुवै विधेयकलाई सो समितिमा दफावार छलफलका लागि पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक भदाै ३० गते बस्नेगरी स्थगित भएकाे छ ।
