काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् हितबहादुर तामाङले भाषासम्बन्धी ऐन निर्माण गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् तामाङले नेपालको संविधानमा भाषासम्बन्धी व्यवस्थाका लागि आवश्यक भाषा ऐन निर्माण गर्न सकिने व्यवस्था भएपनि एेन निर्माण हुन नसकेकाे बताउनुभयाे ।
संविधान निर्माण भएकाे ७ वर्ष पुग्दासमेत संविधान अनुसारका एेन निर्माण हुन नसकेकाे उहाँले बताउनुभयाे । सांसद् तामाङले भन्नुभयाे -'नेपालको संविधानमा भाषासम्बन्धी जुन खालकाे व्यवस्था गरेकाे छ, त्यसअनुसारकाे भाषा ऐन निर्माण गर्न हामीले अहिलेसम्म कुनै पहल गरेनौँ जसकाे कारणले भाषा आयोगका अध्यक्ष स्वयंले एक कार्यकाल पूरा गरेर सरकारलाई विभिन्न सुझाव दिनुभएकाे ।'
भाषिक एेन नहुँदा तीनै तहकाे सकारकारलाई धेरै समस्या परेकाे भन्दै उहाँले अहिले नै सम्भव नभएपनि आगामी दिनमा साे एेन निर्माणका लागि पहल गर्नुपर्ने बताउनुभयाे ।
