काठमाडाैं । नेपाली कांग्रेसका सांसद् भीमसेनदास प्रदानले नयाँ संसद्मा बायोमेट्रिक हाजिर प्रणाली राख्न माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् प्रधानले संसद्काे जारी अधिवेशनमा सांसद्हरुबाट जनतामा नकरात्मक सन्देश गएकाे बताउनुभयाे । बैठकमा पूरा समय नबसेर भत्ता पचाउने मात्र काम सांसद्ले गरेकाे र पूर्ण समय बस्ने र नबस्ने संसद्काे एउटै मूल्यांकन गरेकाे अवस्था अन्त्य गर्न बायोमेट्रिक हाजिर प्रणाली आवश्यक रहेकाे बताउनुभयाे ।
'याे अधिवेशनमा सांसद्हरुकाे नकरात्मक सन्देश गएकाे छ, विधेयक पारित गर्दा गणपूरक संख्या नपुग्ने भयाे, संसद्मा हाजिर गर्ने र तलब भत्ता पकाएर जाने भयाे भन्ने भयाे, संसद्मा पूर्ण समय बस्ने र नबस्ने सांसद्लाई एउटै डालोमा राख्ने परम्परा भयाे, त्यसर्थ अर्को संसद् बायोमेट्रिक हाजिर प्रणाली राख्नुपर्याे'-सांसद् प्रधानकाे भनाइ छ ।
