काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका लागि एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन' पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
दिउँसो ३ बजे बस्ने राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधायन समितिको प्रतिदेवनसहित 'पशु तथा पशुसेवा परिषद् विधेयकमाथि छलफल गरियाेस्' भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ । त्यसपछि उहाँले नै साे विधयेक पारित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
