काठमाडाैं । बीमासहित तीन वटा विधेयक राष्ट्रिय सभाबाट पारित भएका छन् ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको हाे ।
राष्ट्रिय सभाकाे दाेस्राे बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जा जलस्राेत तथा सिंचाइमन्त्री पम्फा भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेस गर्नुभएकाेमा बैठकले पारित गरेकाे हाे । त्यसअघि आजै बसेकाे राष्ट्रिय सभाकाे पहिलाे बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित गरेकाे थियाे ।
राष्ट्रिय सभाको अर्को बैठक भाेलि बस्नेगरी स्थगित भएकाे छ ।
