काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबराले नाम लिएका वरिष्ठ अधिवक्तासँग महाअभियोग सिफारिस समितिले बयान लिएको छ ।
वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, लगायतसँग समितिले बिहीबार बयान लिएको हो । अधिवक्ताहरुले जबराले लगाएका आरोपको बयान दिनुभएकाे समितिले जनाएकाे छ ।
जबराले समितिमा बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्व प्रधानन्यायाधीशलाई समितिले बयानका लागि आज बोलाएको थियो । तर पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की बैठकमा सहभागी हुनुभएन ।
समितिकाे बैठक भाेलिपनि बस्नेछ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पूरक प्रश्नका लागि बोलाउने निर्णय पनि आजकाे बैठकले गरेकाे छ ।
