काठमाडाैं । नेकपा एमालेका सांसद् नारायण मरासिनीले सिद्धार्थ राजमार्ग अन्तर्गतकाे पोखरा-बुटवल-सुनौली खण्डको स्तरोन्नति गर्न माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् मरासिनीले साे खडककाे महत्व निक्कै रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'पाेखरा-बुटवल हुँदै सुनौली जोडिने सिद्धार्थ राजमार्ग देशकाे महत्त्वपूर्ण राजमार्ग हो, भारतबाट हजाराैं सवारी साधन गाैतमबुद्धकाे जन्मथलाे लुम्बिनी हुँदै सुन्दर पर्यटकीय नगरी साँघुरो र अनगिन्ति घुम्ती भएकाले यसकाे स्तरोन्नति अति आवश्यक छ, तसर्थ डेडिकेटेड टु लेनका रुपमा यसकाे स्तराेन्नति गरियाेस् ।'
स्याङ्जा-पोखरा सडकअन्तर्गत भालु पहाडमा ढुंगा खसिरहने भएकाले ढुंगा खस्न नदिने प्रबन्ध गर्न आवश्यक रहेको भन्दै सांसद् मरासिनीले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । -'साेही राजमार्गको स्याङ्जा-पोखरा सडकअन्तर्गगत भालु पहाडमा ढुंगा खसिरहने हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्, राजमार्गमा ढुंगा खस्न नदिने प्रबन्ध गरिनु अत्यन्त आवश्यक छ ।'
