काठमाडाैं । प्रतिनिधि सभा बैठकले बीमासहित तीन विधेयक स्वीकृत गरेको छ ।
शुक्रवार बसेको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ स्वीकृत गरेको हो ।
विधेयक स्वीकृ भएसँगै बैठक भाेलि बिहानसम्मका लागि स्थगित भएकाे छ ।
