काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकाेटाका कारण प्रतिनिधि सभाकाे ५ वर्षे कार्यकाल प्रभावकारी हुन नसकेकाे बताउनुभएकाे ।
संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले संसद्को नेतृत्व गर्ने पात्रहरुको भूमिका महत्वपूर्ण हुने भएपनि ५ वर्षमा त्यस्तो हुन नसकेको बताउनुभयाे ।
उहाँले सभामुख सापकोटाले प्रतिनिधि सभाको नेतृत्व भन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रुपमा भूमिका खेलेको बताउनुभयो । आफूहरुले सत्तामा हुँदा सौहार्दपूर्ण भूमिका खेलेको र प्रतिपक्षमा रहँदा पनि प्रभावकारी भूमिका खेलेको वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रष्ट पार्नुभयाे ।
तर सदनले नै विभिन्न विषयमा प्रतिपक्षीसँग छलफल गर्न नचाहनु बिडम्वना रहेको उहाँकाे भनाइ छ । सभामुख जस्ता केही पात्रहरुका कारण नै संसद् अनाकर्षण थलोको रुपमा देखापरेको समेत पाेखरेलले बताउनुभयाे ।
