काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाकाे कार्यकाल सन्तोषजनक हुन नसकेको बताउनुभएको छ ।
संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले प्रतिनिधि सभाकाे ५ वर्षये कार्यकाल सन्तोषजनक हुन नसकेको बताउनुभयाे । ०७४ काे चुनावपछि साेचिएकाे जस्ताे प्रतिनिधि सभाकाे कार्यकाल सन्ताेषजनक हुन नसकेकाे उहाँकाे भनाइ छ ।
केपी ओलीको व्यक्तिवादी चरित्र र अहंकारका कारण देश अन्यौलको बाटोमा गएको गम्भीर आरोप माधवले लगाउनुभयो । प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलन नगरेको भए देश यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको समेत नेपालले बताउनुभयाे ।
देशकाे र सुशासनका हिसाबले पनि पाँच वर्ष खराव भएको दाबी माधवले गर्नुभयाे ।
