काठमाडाैं । प्रतिनिधि सभाको कार्यकाल आज सकिँदैछ ।
प्रतिनिधि सभाकाे पाँच वर्षको कार्यकाल आज राति १२ बजदेखि सकिन लागेको हो । कार्यकाल सकिनुअघि आज प्रतिनिधि सभाकाे अन्तिम बैठक बस्दैछ ।
दिउँसाे १ बजे बस्ने बैठकका लागि कुनै कार्यसूची तय गरिएकाे छैन । मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि असोज २ र ३ गते बन्दसूची पेस गर्ने कार्यतालिका छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ।
