काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले राजनीतिमा माैसमी कुराहरु उपयुक्त नहुने बताउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयाे - 'कुनै पनि चिजकाे थितिविधि र मर्यादालाई फलाे गर्नु वाञ्छनीय हुन्छ ।'
सदनमा प्रतिपक्षी नेतालाई पहिला बाेल्न दिनुपर्छ भनेर आन्दाेलन गर्ने कांग्रेसले अहिले साे नियमलाई आफैं ताेडेकाे बताउनुभयाे ।
सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयाे-संसद् पुर्नस्थापना भएकाले आज हामी भेट्न पाएका छाैं, फेरि चुनाव त घाेषणा गर्नुभएकाे छ,फेरि आजबाट अन्त्य हुँदैछ भनेपछि तपाइँ प्रतिगमन गर्दै हुनुहुन्छ,हाेइन भने गत वर्ष वैशाखमै चुनाव हुन्थ्याे,कुनै प्रणाली जान लाग्या त थिएन संविधान जान त लाग्या थिएन ।'
गत वर्ष वैशाख १७ र २७ गते चुनाव भएकाे भए नयाँ संसद् आएकाे बताउँदै उहाँले भन्नुभयाे - 'गत वर्ष वैशाख १७ र २७ गते चुनाव भएकाे भए अहिले नयाँ संसद् आउँथ्याे, प्रतिगमन कहाँबाट हुन्थ्याे,याे वे,प्रतिपक्षी नेताले पहिले बाेल्न पाउनुपर्छ भनेर वेल घेरेजस्तै हाे ।'
भ्रम फैलाउने कुरा नगर्न अध्यक्ष ओलीले सरकारलाई चेतावनी पनि दिनुभयाे ।
