काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव घाेषणा गर्ने कुरालाई आफूहरुले प्रतिगमन नभनेकाे दाबी गर्नुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै अध्यक्ष प्रचण्डले चुनाव घाेषणा गर्ने कुरालाई आफूहरुले कहिल्यै प्रतिगमन नभनेकाे दाबी गर्नुभयाे । संविधानकाे भावना विपरित प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नै भएकाे उहाँकाे भनाइ छ ।
'संविधानकाे मर्म र भावना विपरित प्रतिनिधि सभा विघटन गर्ने कुरा प्रतिगमन नै हाे,प्रतिपक्षी नेताले यहाँ बसेकाे सबै केही नबुझ्ने छन् भन्ठान्नुभएकाे हाे कि, नेपाली जनता भेडै छन् भन्ने ठान्नुभएकाे हाे कि, निर्वाचन घाेषणा गर्ने कुरालाई हामीले प्रतिगमन भनेका हाेइनाैं, संविधानमै नभएकाे अधिकार प्रयाेग गरेर प्रतिनिधि सभा विघटन गरिएकाे विषयलाई आफूहरुले प्रतिगमन भनेका हाैं, उहाँका रियल तर्क नभएर बनाबटी कुरा हुन्'-प्रचण्डले भन्नुभयाे ।
प्रतिनिधि सभा विघटन गरेर एमाले अध्यक्ष ओलीले लाेकतन्त्रमाथि प्रहार गर्नुभएकाे प्रचण्डले गम्भीर आराेप लगाउनुभयाे । उहाँले भन्नुभयाे - 'लाेकतन्त्रमाथि प्रहार गर्ने आदेश उहाँलाई कसले दियाे ?'
यसअघिका चुनावमा पनि एमालेलाई सबै मिलेर हराइएकाे भन्दै प्रचण्डले मंसिर ४ काे चुनावमा पनि एमालेलाई जवाफ दिइने बताउनुभयाे । 'प्रतिपक्षी नेताले मंसिर ४ मा जनताले देखाइदिन्छाैं भन्नुभयाे, राष्ट्रिय सभा सदस्यकाे चुनाव, बारकाे चुनाव, पत्रकार महासंघकाे चुनाव,स्थानीय चुनावलाई देख्नुभएन र ? हामी पनि भन्छाैं मंसिर ४ मा देखाइदिन्छाैं'-प्रचण्डले भन्नुभयाे ।
सदनकाे कार्यकाल संविधान र सदनले निर्णय गर्ने विषय भएकाे बताउनुभयाे । 'याे कुनै आयाेगले निर्णय गर्ने विषय हाेइन'-उहाँले भन्नुभयाे ।
