काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मंसिर ४ काे चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकलाई सम्बाेधन गर्दै एमाले अध्यक्ष ओलीले चुनाव शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र धाँधलीरहित ढंगले सम्पन्न गरिनुपर्ने बताउनुभयाे ।
निर्वाचन आयाेगलाई सत्ता पक्षबाट लतारिएर नचल्न उहाँले चेतावनी दिनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे -'याे निर्वाचन आयाेगकाे कर्तव्य हाे, निर्वाचन आयाेगलाई म आग्रह गर्न चाहान्छु,आयाेग सत्तापक्षबाट लतारिएर नचलाेस्,आफ्नाे स्वतन्त्र, स्वतन्त्र भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाओस् ।'
उहाँले सरकारकाे काम आयाेगलाई सहयाेग गर्ने मात्रै रहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'त्यसकारण हस्तक्षेपकारी भूमिका र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्ने भूमिका सरकारले खेल्न पाउँदैन,त्यतापट्टी म सजग गराउन चाहान्छु ।'
स्थानीय तह चुनावमा सत्ताकाे चरम दुरुयाेग भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले -'गत स्थानीय तह निर्वाचनमा अनेक प्रकारले सत्ताकाे दुरुपयाेग जस्ता कुराहरु नराम्ररी प्रकट भए, प्रहरी प्रशासनकाे दुरुरु राज्यसंयन्त्रकाे विभिन्न ढंगले दुरुपयाेग गर्ने काम भए, म सरकारलाई भन्न चाहान्छु लाेकतन्त्रभित्र लाेकतान्त्रिक मूल्य मान्यताभित्र त्यस्ता ताैरतरिका पर्दैनन्,त्यसलाई लाेकतन्त्र भनेर स्वीकार्न सकिँदैन ।'
लाेकतान्त्रिक मूल्य मान्यता विपरित नचल्न अध्यक्ष ओलीले सरकारलाई चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे - 'लोकतान्त्रिक प्रणाली भनेको भिन्न मत र भिन्न विचारलाई स्वीकार्ने,त्यसकाे अस्तित्वलाई स्वीकार्ने र त्याेसँग प्रतिष्पर्धा गर्न तयार हुने र त्यसलाई पनि प्रतिष्पर्धा गर्न दिनु हाे, प्रतिष्पर्धा हुनुपर्छ लाेकतन्त्रमा र त्याे प्रतिष्पर्धा स्वच्छ हुनुपर्छ,प्रतिष्पर्धाका नाममा अवाञ्छित गतिविधि, शान्ति खल्बल्याउने कुरा, राज्यसत्ताकाे दुरुपयाेग गर्ने कुरा लाेकतान्त्रिक प्रणाली हाेइन ।'
सरकारले अहिले चरम दमन गरिरहेकाे भन्दै अध्यक्ष ओलीले प्राकृतिक विपति र कसैले पनि सरकारी दमनमा पर्न नपराेस् भन्ने शुभकामना पनि दिनुभयाे । उहाँले भन्नुभयाे -'सरकारले अहिले चरम दमन गरिरहेकाे छ, बल भए जे गरेपनि हुन्छ भन्ने अलाेकतान्त्रिक ढंगबाट चलिरहेकाे छ ।'
आफू नेतृत्वकाे सरकारले राष्ट्र,राष्ट्रियता,लाेकतन्त्र,विकास र समृद्धिकाे पक्षमा धेरै राम्राे काम गरेकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे ।
