काठमाडौं । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्काे सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएकाे हाे ।
शनिबार कसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले साे जानकारी दिनुभएकाे हाे । बैठकमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा वाचन गर्नुभएकाे हाे ।
अन्तिम बैठकमा शीर्ष नेताहरुले सम्बाेधन गर्नुभएकाे थियाे ।
