काठमाडाैं । प्रदेश-१ प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण पुस ११ गते हुने भएको छ ।
पुस ११ गते दिउँसाे साढे १ बजे शपथ ग्रहणकाे कार्यक्रम तय भएकाे प्रदेश सभा सचिवालयले मंगलबार सूचनामार्फत जानकारी दिएकाे छ ।
शपथ ग्रहण कार्यक्रम प्रदेश सभा सचिवालय विराटनगरमा हुनेछ ।
शपथ ग्रहणमा आउँदा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको २ प्रति फोटो सहित २ घण्टाअघि नै राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन सचिवालयले आग्रह गरेकाे छ ।
प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपी सहित ३ दिन अघि प्रदेश सभा सचिवालयमा उपलब्ध गराउन पनि सचिवालयले आग्रह गरेकाे छ ।
