काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्न लाग्नुभएकाे हाे । आज दिउँसाे साढे १ बजे जबरालाई शपथ खुवाउने कार्यक्रम रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
ज्येष्ठ सदस्य जबराले शपथ लिएपछि अन्य सदस्यहरूलाई शपथ ग्रहण गराउनुहुनेछ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद्हरुकाे शपथ ग्रहण कार्यक्रम भाेलि हुँदैछ ।
