काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । राणालाई बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको थियो ।
