काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार शपथ ग्रहण गर्नुभएको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ ग्रहण गराउनुभएको हो । जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिनुभएको थियो ।
प्रतिनिधि सभाका २ सय ७५ सदस्य मध्ये बिहीबार २ सय ५८ जनाले शपथ लिनुभयो । १७ जना सांसद् अनुपस्थित हुनुहुन्थ्यो ।
प्रतिनिधि सभामा सबैभन्दा बढी नेपाली कांग्रेसका ८९ जना सांसद् छन् । त्यस्तै एमालेका ७८ सांसद् छन् । माओवादी केन्द्रबाट ३२ जना सांसद छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना, राप्रपाबाट १४ जना, जसपाका १२ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १ र नेमकिपाबाट एक जना सांसद् प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ ।
