काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सामान्य संवाद भएकाे छ ।
बिहीबार प्रतिनिधि सभा सदस्यकाे शपथ लिएपछि आयाेजित जलपान समाराेहमा सरिक हुने क्रममा एउटै साेफामा बस्नुभएका ओली र प्रचण्डबीच सामान्य संवाद भएकाे हाे ।
अध्यक्ष ओलीकाे सचिवालयले सार्वजनिक गरेकाे तस्विरमा उहाँहरुकाे मुस्कानसहितकाे संवाद प्रष्ट देखिन्छ । अध्यक्ष ओलीसँग प्रधामन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताकाे पनि संवाद भएकाे तस्विर पनि अध्यक्ष ओलीकाे सचिवालयले सार्वजनिक गरेकाे छ ।
यसअघि बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ लिने कार्यक्रममा पनि अध्यक्ष ओलीसहित प्रचण्ड र झलनाथ खनाल एकै लहरमा बसेर सामान्य संवाद भएकाे तस्विर सार्वजनिक भएकाे छ ।
दुई दिन यताका तस्विरले सकरात्मक सहकार्यकाे संकेत दिएकाे अड्कलबाजी हुन थालेकाे छ । नेकपा एमालेकाे नेतृत्वमा कम्युनिष्ट सरकार बन्न सहकार्य हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा शुभेच्छुकले शुभेच्छा प्रकट समेत गरेका छन् ।
यद्यपि एमालेले सरकार बनाउने कुरालाई खासै प्राथमिकता दिएकाे छैन । जनादेश अनुसार प्रतिपक्षमा बस्ने एमालेका नेताहरुले बताउँदै आएका छन् ।
हेर्नुस् तस्विर:
