काठमाडाैं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद्हरूले पद तथा गाेपनियताकाे शपथ ग्रहण गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको हलमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहीबार सांसद्हरूलाई शपथ गराउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपा सांसद् जबरालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो । त्यसपछि जबराले ज्येष्ठ सदस्यकाे हैसियता आज अरु सांसद्लाई शपथ गराउनुभएकाे हाे ।
सांसद्का रूपमा कामकारबाही सुरु गर्नु पहिले शपथ लिनुपर्ने संवैधानिक प्रावधान छ ।
हेर्नुस् तस्विर:
