काठमाडाैं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद्द्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएकाे छ ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शुक्रबार आयाेजित एक कार्यक्रमबीच प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले यादव र राईलाई शपथ गराउनुभएकाे हाे । शपथ लिएपछि उहाँहरुकाे संघीय संसद्काे लाेगाे पनि लगाउनुभएकाे छ ।
प्रतिनिधि सभाका नवनिर्वाचित सांसद्ले बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनकाे लाेत्से हलमा शपथ लिएका थिए । साे शपथ समाराेहमा यादव र राईसहित केही सांसद् शपथ लिन छुटेका थिए ।
