काठमाडाैं । प्रदेश-१ प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुले आज पद तथा गाेपनियताकाे शपथ लिँदै छन् ।
दिउँसाे साढे १ बजे शपथ ग्रहणकाे कार्यक्रम तय भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । शपथ ग्रहण कार्यक्रम प्रदेश सभा सचिवालय विराटनगरमा हुनेछ ।
प्रदेश सभा सदस्य शपथ लिनु भन्दा अगाडि ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईंले शपथ लिनुहुनेछ । उहाँलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मध्यान्ह साढे १२ बजे शपथ गराउनुहुनेछ । त्यसपछि गयानन्दले अरु ९२ जना प्रदेश सभा सदस्यलाई शपथ गराउनुहुनेछ ।
इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषामा शपथ लिन निवेदन दिएका प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
