काठमाडाैं । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण आज हुने भएको छ ।
दिउँसाे ३ बजे शपथ ग्रहणकाे कार्यक्रम तय भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । शपथ ग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सदस्यले शपथ लिनु भन्दा अगाडि ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ लिनुहुनेछ । शाहलाई बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुहुनेछ कार्यक्रम छ ।
मातृभाषामा शपथ लिन सक्ने व्यवस्था भएपनि अहिलेसम्म कसैले नाम नटिपाएका प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
