काठमाडाैं । प्रदेश नम्बर-१ का नवनिर्वाचित प्रदेश सभा सदस्यले शपथ ग्रहण गरेका छन् ।
ज्येष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश सभा सदस्यहरुलाई साेमबार पद तथा गाेपनियताकाे शपथ गराउनुभएकाे हाे ।
प्रदेश प्रमुख परशुराम खापुङसँग शपथ लिएलगत्तै ज्येष्ठ सदस्य गयानन्दले प्रदेश सभाका ९२ सदस्यलाई शपथ गराउनुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । ५ जना सांसद्ले मातृभाषामा शपथ लिएका छन् ।
शपथ लिएलगत्तै सबै सांसद् प्रदेश सभा सदस्यकाे लाेगाे पनि लगाएका छन् । प्रदेश सभामा गयानन्दसहित ९३ जना प्रदेश सभा सदस्य छन् ।
