काठमाडाैं । कर्णाली प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
जेष्ठ सदस्य विनोद कुमार शाहले प्रदेश सभा सदस्यहरुलाई साेमबार शपथ गराउनुभएकाे छ । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसद्लाई शपथ गराउनुभएकाे थियाे ।
प्रदेश प्रमुख तिलक परियारबाट ज्येष्ठ सदस्यकाे शपथ लिएलगत्तै शाहले अन्य सदस्यलाई शपथ गराउनुभएकाे हाे । सभामुख र उपसभामुखको चुनाव नहुञ्जेलसम्म कार्यवाहक सभामुखका रुपमा शाहले अध्यक्षता गर्नुहुनेछ ।
कर्णालीमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १-१ जना स्वतन्त्र गरी ४० जना सांसद छन् ।
