पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते ३ बजेका लागि मंगलबार प्रदेश सभाकाे अधिवेशन आह्वान गर्नुभएकाे छ ।
प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई पुस १३ गते र बाँकी प्रदेश सभा सदस्यलाई पुस १४ गते शपथ ग्रहण गराउने तयारी छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपालीका कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद् छन् ।
एमाले र कांग्रेसकाे समर्थनमा मनाङबाट निर्विराेध निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गर्नुभएकाे छ ।
