काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन हुनुभएकाे छ ।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले दाहाललाई संसदीय दलकाे नेतामा मनाेनित गर्नुभएकाे हाे । दाहाल एमाले स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ ।
यसअघि संसदीय दलको नेता रहनुभएका खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्य चुनाव लड्न राजीनामा दिएपछि सो पद रिक्त थियो । यद्यपि भट्टराईले चुनाव लड्न भने पाउनुभएन । रुपन्देही-५ बाट उम्मेदवारी दिने उहाँकाे तयारी भएपनि अन्तिम समयमा राेकिएकाे थियाे ।
