काठमाडाैं । वाग्मती प्रदेश सभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार ढुंगानालाई शपथ गराउनुभएकाे हाे ।
याेसँगै ढुंगानाले अब बिहीबार प्रदेश सभाका बाँकी १ सय ९ प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनुहुनेछ । माओवादी केन्द्रका ढुंगाना नुवाकोट क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
