काठमाडाैं । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।
प्रदेश प्रमुखकाे निवासमा बुधबार आयाेजित एक कार्यक्रमबीच प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बस्याललाई शपथ गराउनु भएकाे हाे । ज्येष्ठ सदस्य बस्यालले बिहीबार प्रदेश सभाका बाँकी सदस्यलाई शपथ गराउनुहुनेछ ।
६५ वर्षीय बस्याल मंसिर ४ गते सम्पन्न चुनावमा पर्वत (ख) बाट नेकपा एमालेकाे तर्फबाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएकाे थियाे ।
