काठमाडाैं । वाग्मती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यले आज पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दै छन् ।
वाग्मती प्रदेशका प्रदेश सभाका प्रदेश सभा सदस्यकाे शपथ मकवानपुरको हेटौंडास्थित वाग्मती प्रदेश सभा सचिवालयमा दिउँसाे २ बजे हुने तय भएकाे छ ।
जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले १ सय ९ जना प्रदेश सभा सदस्यलाई शपथ गराउनुहुनेछ । ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुधबार प्रदेश सभाकाे ज्येष्ठ सदस्यका रुपमा शपथ लिनुभएकाे थियाे ।
यस्तै गण्डकी प्रदेश सभा सदस्यले पनि आज शपथ लिँदै छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभाका अन्य सदस्यलाई पद तथा गाेपनीयताकाे शपथ गराउनुहुने प्रदेश सभा सचिवालयले जनाएकाे छ । बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङससँग बुधबार ज्येष्ठ सदस्यकाे शपथ लिनुभएकाे थियाे ।
