काठमाडाैं । कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान भएकाे छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो १ बजे बस्नेगरी बुधबार प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।
सभामुख र उपसभामुख निर्वाचित भएर नआउँदासम्म ज्येष्ठ सदस्य विनोदकुमार शाहले प्रदेश सभा बैठक सञ्चालन गर्नुहुनेछ ।
