काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन हुनुभएको छ ।
शुक्रबार सम्पन्न पार्टी संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । एमाले वाग्मती प्रदेश संसदीय दलको कार्यालयमा बैठक भएको थियो ।
थपलिया चितवन १ को प्रदेश सभा क बाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ एमाले केन्द्रीय सदस्य समेत हुनुहुन्छ । वाग्मती प्रदेशमा एमालेका २७ जना सांसद् छन् ।
