काठमाडाैं । वाग्मती प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यले पद तथा गाेपनीयता शपथ ग्रहरी गरेका छन् ।
हेटाैंडास्थित प्रदेश सभा सचिवालयमा बिहीबार दिउँसो जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले १ सय ९ जना सदस्यलाई शपथ गराउनु भएकाे हाे । बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष ज्येष्ठ सदस्यकाे शपथ लिनुभएका ढुंगानाले बिहीबार बाँकी सदस्यलाई शपथ गराउनुभएकाे हाे ।
३ जनाले तामाङ भाषा र १२ जनाले नेवारी भाषा गरी १५ जनाले मातृभाषामा शपथ लिएका छन् । शपथ ग्रहण समाराेहमा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्रीहरु, मन्त्रीहरु, पूर्व सभामुखसहितको उपस्थिति थियाे ।
