काठमाडाैं । मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ गराउनुभएकाे हाे । ७१ वर्षीय ज्येष्ठ सदस्य न्याैपानेले प्रदेश सभाका बाँकी १ सय ६ जना सदस्यलाई शुक्रबार शपथ गराउनुहुनेछ ।
सभामुख र उपसभामुख चयन नहुँदासम्म न्याैपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेश सभाको अध्यक्षता गर्नुहुनेछ । मंसिर ४ गते सम्पन्न चुनावमा एकीकृत समाजवादीका न्याैपाने सप्तरी- ४ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
