काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएको छ ।
शुक्रबार बिहान मतदान प्रक्रियाबाट उहाँ प्रदेश सभा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । उहाँ १८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका अर्का प्रतिस्पर्धी केदार कार्कीले नौ मत पाउनुभएको छ । त्यस्तै अमृत अर्यालले २ मत प्राप्त पाउनुभएको छ ।
थापा पार्टी नेता कृष्णप्रसाद सिटौला निकट मानिनुहुन्छ । कार्की शेखर काेइराला पक्षाका हुनुहुन्छ । थपा पार्टीको प्रदेश कमिटी सभापतिसमेत हुनुहुन्छ । प्रदेश १ मा नेपाली कांग्रेसका २९ सांसद छन् ।
