काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ ग्रहण गर्नुभएकाे छ ।
प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गाेपनीयताकाे शपथ गराउनुभएकाे हाे । ज्येष्ठ सदस्य रावलले अब अन्य ५२ जना प्रदेश सभा सदस्यलाई शपथ गराउनुहुनेछ ।
५३ सदस्य रहेकाे सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन् ।
