काठमाडाैं । मधेस प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शुक्रबार दिउँसाे नवनिर्वाचित प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउनु भएकाे हाे । प्रदेश सभाका १ सय ४ सदस्यले शपथ लिएका हुन् ।
माओवादी केन्द्रका रजिहैदर र माला कर्णले सर्वाेच्चकाे आदेशका कारण शप लिन पाउनुभएन ।
कुल १ सय ७ सदस्य रहेकाे मधेस प्रदेश सभामा नेकपा एमालेका २३, कांग्रेसका २२,जसपाका १६, जनमतका १३, लोसपा र माओवादीका ९-९ र एकीकृत समाजवादीका ७ सांसद् छन् । संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १-१ जना सांसद छन् । ५ जना स्वतन्त्र सांसद् छन् ।
