काठमाडाैं । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गाेपनियताकाे शपथ लिँदै छन् ।
स्थायी राजधानी दाङ देउखुरीमा बनाइएकाे प्रदेश सभा सचिवालयमा उनीहरुले दिउँसाे १ बजे शपथ लिने कार्यक्रम छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अरु सदस्यहरुलाई शपथ गराउनुहुनेछ ।
मंसिर ४ गते सम्पन्न चुनावमा भुसाल गुल्मी निर्वाचन क्षेत्र नम्बर-२ को (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
